सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ- सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका सञ्चालक समिति अध्यक्षले हस्ताक्षर गरेका छन्।
होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ डिडिए लगायत मर्जर सम्बन्धी अन्य कार्यहरू द्रुत गतिमा अगाडि बढाइने जानकारी गराइन्छ ।
नियमनकारी निकाय बीमा समितिबाट निर्देशित पुँजी वृद्धी गर्नुपर्ने समय सीमाभित्रै चुक्ता पुँजी बृद्धि गरी बीमा समितिको लक्ष्य अनुरुप बीमकहरुको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरिवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने र मर्जर सम्पन्न भए पश्चात कम्पनीका सेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्बन्धित सबै पक्षलाई लाभ हुने विश्वास दुवै कम्पनीले लिएको छ । यो मर्जर कार्यलाई सफलतापुर्वक सम्पन्न गराउन सम्पुर्ण सेयरधनी, नियामक निकायहरु, संचालक समिति, कर्मचारी तथा सम्बन्धित सबै पक्षबाट पुर्ण सहयोग हुने विश्वास लिइएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया