नेपालगञ्ज म्याराथन मंसिर ६ गते

काठमाडौं : नेपालगञ्ज म्याराथनको छैटौं संस्करण आउँदो मंसिर ६ गते आयोजना हुने भएको छ । क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा आयोजना हुने म्याराथनलाई यसपटक ओलम्पिक छनौटका रुपमा समेत लिइएको छ ।
कोभिड–१९ का कारण ठूलो जमघट गर्न नमिल्ने भएकाले यसपटक विगतको भन्दा इभेन्ट घटाइएको आयोजकले जनाएको छ । यसपटकको संस्करणमा पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्र गरिनेछ । ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला र ८ देखि १२ वर्ष उमेर समूहलगायतका इभेन्टहरु हटाइएको आयोजक संस्थाले जानकारी दिएको छ ।
खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा अन्य उपहारबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पनि पुरस्कारको ब्यवस्था छ ।
म्याराथन, नेपालगञ्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपीचोकमा आएर पुरा हुनेछ । प्रतियोगितामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका खेलाडीहरूले भाग लिनेछन् ।
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीबीच मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्जमा यो म्याराथन प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा तेल नेपालगञ्ज म्याराथनको मुख्य प्रायोजक रहेको छ ।

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

लिभरपुलको विजय यात्राको भिडमा कार कुदाइयो, ४७ जना समर्थक घाइते

अब पाँच चौकाले बनाउनेछ कोहलीलाई १२०० चौका हान्ने पहिलो एसियन क्रिकेटर

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

प्रतिक्रिया