सेञ्चुरी बैंक ल्यायो 'सेञ्चुरी हाइब्रिड' बचत खाता

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरूको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरूले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन् ।
सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता न्यूनतम १ लाखमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरूलाई भिषा डेबिट कार्ड, इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ ।
यस खातामा विभिन्न सेवाहरू विना कुनै शर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्पूर्ण शाखाहरूबाट खोल्न सकिनेछ ।
आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया