ज्योति विकास बैंकको नयाँ शाखा बेंसीशहरमा

काठमाडौँ- ज्योति विकास बैंकले बेंसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो। बेंसीशहर नगरपालिका-८, लमजुङ स्थित बेंसीशहर शाखाको समुद्घाटन बेंसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बैंकका सञ्चालक नरेशराज आचार्यले संयुक्त रुपमा गरेका थिए।
उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो। नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेंसीशहर शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यू-आर, नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेसन, नि:शुल्क डेबिड कार्ड, नि:शुल्क मोबाइल बैंकिङ्ग सेवा, नि:शुल्क इन्टरनेट बैंकिङ्ग सेवा, सबै मुद्दती निक्षेपहरूमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया