साफ इलेक्टिभ कंग्रेसमा भारतको प्रतिनिधित्व नहुने

काठमाडौँ – बंगलादेशमा जुलाई २ तारखिमा हुने साउथ एसियन फुटबल फेडेरेसन (साफ) को निर्वाचन (इलेक्टिभ कंग्रेस) मा भारतको प्रतिनिधित्व नहुने भएको छ । खेलनाउ अनलाइनले जनाए अनुसार अल इन्डिया फुटबल फेडरेसन (एआईएफएफ) ले साफको निर्वाचनमा आफ्ना प्रतिनिधि नपठाउने भएको हो ।
भारतको एकमात्र प्रतिनिधि एआईएफएफका पूर्व उपाध्यक्ष सुवराता दत्तले भारतको प्रतिनिधित्व गर्ने निर्णय भएपनि उनले यसबाट आफ्नो नाम फिर्ता लिएका थिए । एआईएफएफका अपदस्थ अध्यक्ष प्रफुल पटेलले अपिल गरेपछि दत्तले साफको निर्वाचनमा सहभागी नहुने भएको हुन् ।
पछिल्लो समय फिफाले एआईएफएफलाई सेप्टेम्बर १५ सम्म नयाँ नेतृत्व चयनका लागि समयसीमा तोकेको छ । र पछिल्लो निर्णयले एआईएफएफलाई थप समस्यामा पारेको छ ।
बंगलादेशका काजी सलाहुदिन लगातार चौथों पटक साफको अध्यक्ष चुनिने सम्भावना रहेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया