निजगढ विमानस्थल निर्माणका लागि विशेष प्रस्ताव पास गर्न आग्रह

बारा- निजगढ सार्वजनिक सरोकार समितिले रौतहटको विभिन्न पालिकाका प्रमुखलाई भेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पास गर्न आग्रह गरेको छ ।
समितिका संयोजक एकबहादुर श्रेष्ठ नेतृत्वमा गएको टोलीले विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पारित गर्न कटहरिया, गुजरा, देवाही गोनाह, वृन्दावन, गढीमाई र मौलापुर नगरपालिकाका प्रमुख र उपपप्रमुखलाई भेटेर आग्रह गरेको हो ।
समितिले यसअघि बाराको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी, विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकर अली भुट्टो, पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवाल र परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेललाई कार्यालयमा भेटेर आग्रह पत्र बुझाएको थियाे ।
आग्रह पत्र बुझ्दै बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकर अली भुट्टोले विमानस्थल निर्माण नगर्ने भनेर अदालतले गरेको फैसला खारेज हुनुपर्ने र निजगढमा विमानस्थल निर्माण हुनुपर्ने बताए ।
यसैगरी बाराकै पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले अदालतको निर्णय पुनरावलोकन गरिनु पर्ने बताए । आग्रह पत्र बुझाउने टोलीमा समितिका सदस्य विनोद भारती, टेकबहादुर भण्डारी, गोकुल घोरसाइने, इन्दिप कोइराला, सुरेन्द्र जैसवाल, दीपक सापकोटा र निर्मल खडकालगायतको सहभागिता थियो ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया