नेपाल र क्यानाडाबीच टी-ट्वान्टी सिरिज नहुने पक्का

काठमाडौँ – क्यानाडामा नेपाल र क्यानाडाबीच हुने भनिएको २ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज नहुने पक्का भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले जनाए अनुसार टी-ट्वान्टी सिरिज नहुने पक्का भएको हो ।
यस अघि जुन २८ र जुन २९ मा नेपाल र क्यानाडाबीच दुई खेलको टी-ट्वान्टी सिरिज हुने तालिका रहेको थियो । तर भिषा समस्याका कारण टी-ट्वान्टी सिरिज नहुने भएको हो ।
क्यानले जनाए अनुसार अब नेपाल र क्यानाडाबीच दुई खेलको एकदिवसीय सिरिज हुनेछ । नेपाल र क्यानाडाबीच जुलाई ४ र जुलाई ५ मा दुई खेलको एकदिवसीय सिरिज हुने तालिका रहेको छ । एकदिवसीय सिरिज अघि नेपाल र क्यानाडाको ओन्टारियो क्लबबीच अभ्यास खेल हुनेछ ।
आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्ड जानु अघि तयारीका लागि नेपाली टिम क्यानाडाको भ्रमणामा जान लागेको हो ।
नेपाली टिम जुन २८ मा क्यानाडा पुग्ने छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया