सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी

भक्तपुर- भक्तपुरमा शनिबार सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी गरिएको छ । देउला आधारभूत विद्यालय भेलुखेल ५ भक्तपुरमा बृहत निःशुल्क स्वास्थ्य सेवा शिविरका साथै प्रदर्शनी गरिएको हो ।
क्लिनिक वान भक्तपुर तथा उज्यालो बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहयोगी संस्था श्री कुमारी क्लब रहेको थियो ।
शिविरमा सहभागी जनरल फिजिसियन डा. सुजिता वैद्यले स्वास्थ्य सेवाबारे जानकारी दिएका थिए । उनका अनुसार शिविरमा सेवा लिन आएका अधिकांश व्यक्तिमा हाडजोर्नीको समस्या देखियो । साथै, स्वास्थ्य शिविरमा आएका धेरै बालबालिकामा ज्वरो तथा खोकीको समस्या देखिएको थियो ।
शिविरमा दन्त विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ तथा जनरल फिजिसियनद्वारा परामर्श प्रदान गरिएको थियो ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया