मन्त्री आलेले गरे धनगढी विमानस्थलको स्तरोन्नति कार्यको शिलान्यास

कैलाली- कैलालीको धनगढी विमानस्थलको स्तरोन्नति कार्यको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले शिलान्यास गरेका छन् ।
मन्त्री आलेले धनगढी विमानस्थल परिसरमा शनिबार आयोजित कार्यक्रमका बीच स्तरोन्नतिको निर्माण कार्यको शुभारम्भ गरेका हुन् । उक्त स्तरोन्नति अन्तरगत टर्मिनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण हुने मन्त्रालयले जनाएको छ। ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट १ अर्ब बजेट छुट्याएको बताइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढी विमानस्थल विस्तारका लागि यसअघि एक अर्ब बजेट विनियोजन गरेको थियो ।
क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको हो । सोही अनुसार आवश्यक पर्ने २ सय ५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया पनि सुरू भएको मन्त्री आलेले बताए ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया