स्थानीय तह बजेट : स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधार निर्माणमा प्राथमिकता

दाङ- दाङका दशवटै स्थानीय तहले शुक्रबार आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याएका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिकासहित यहाँका सात गाउँपालिकाले आगामी आवको नीति कार्यक्रम र बजेट ल्याएका हुन् ।
विशेष गरेर पालिकाले स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधार निर्माणमा बजेटलाई प्राथमिकता दिएका छन् । लमही नगरपालिकाले आव २०७९/८० का लागि एक अर्ब ३९ करोड एक लाख एक हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले उक्त बजेट शुक्रबार नगरसभामा प्रस्तुत गरेका हुन् ।
नगरपालिकाले संघीय सरकारको समानीकरणमार्फत १५ करोड ९० लाख रूपैयाँ, संघीय सरकारमार्फत राजस्व बाँडफाँटबाट १३ करोड ५१ लाख रूपैयाँ, संघीय सरकार समपूरक अनुदान ई करोड रूपैयाँ, विशेष अनुदान तीन करोड रूपैयाँ, सशर्त अनुदान ३८ करोड पाँच लाख रूपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
यसैगरी प्रदेश सरकार समानीकरणमार्फत नौ लाख २३ हजार रूपैयाँ, प्रदेश सरकार सवारीसाधन राजस्व बाँडफाँट दुई करोड ८६ लाख ७७ हजार रूपैयाँ, सशर्त अनुदान १३ करोड रूपैयाँ, समपूरक अनुदान १९ करोड नौ लाख रूपैयाँ र प्रदेश सरकार विशेष अनुमान १९ करोड नौ लाख रूपैयाँको रहेको छ । आन्तरिक स्रोततर्फ ३३ करोड ८० लाख रूपैयाँ बैंक मौज्दात, आन्तरिक स्रोत २५ करोड सात लाख २५ हजार ९६८ र प्रदेश सरकार रोयल्टीमार्फत ४४ हजार ३२ रूपैयाँबाट बेहोरिने भएको छ ।
चालु आवको तुलनामा लमही नगरपालिकामा आउँदो आवमा २७ करोड रूपैयाँ बढी बजेट विनियोजन गरिएको छ । अघिल्लो आवमा लमही नगरपालिकाले एक अर्ब १२ करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको थियो ।
त्यसैगरी राजपुर गाउँपालिकाले आगामी आव २०७९/८० का लागि ५३ करोड २० लाख ७१ हजार रूपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष धनपति यादवले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका थिए ।
राजपुर गाउँपालिकाको नाम र पालिकाको केन्द्र टुङ्गो लागेको छ । गाउँ सभाको बैठकले पालिकाको केन्द्र वडा नं ४ दुलैयामा तोक्ने र नाम राजपुर बेला गाउँपालिका राख्ने निर्णय भएको अध्यक्ष शरद् बुढाथोकीले जानकारी दिए ।
साविकको राजपुर र बेला गाविस गाभिएर पालिका बनेको र पालिकाको केन्द्र सबैलाई पायक पर्ने स्थानमा तोकिएको र नाम राजपुर बेला गाउँपालिका राखिएको गाउँपालिकाका अध्यक्ष बुढाथोकीले बताए ।
त्यसैगरी बबई गाउँपालिकाले आगामी आवका लागि ५० करोड ६५ लाख ४३ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले आउँदो आवका लागि बजेट प्रस्तुत गरेका हुन् ।
जसमा सात करोड ८६ लाख ५० हजार रूपैयाँ चालू खर्च, २० करोड ४२ लाख ९३ हजार रूपैयाँ पुँजीगत खर्च छुट्याइएको छ । सशर्त अनुदानतर्फ १९ करोड २६ लाख रूपैयाँ, विशेष अनुदानतर्फ एक करोड ६० लाख रूपैयाँ, समपूरक अनुदानतर्फ एक करोड ५० लाख रूपैयाँ बजेट व्यवस्था गरिएको छ ।
त्यस्तै बङ्गलाचुली गाउँपालिकाले आव २०७९/८० का लागि ६३ करोड ५५ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको दोस्रो सभामा पालिका उपाध्यक्ष भक्तबहादुर जिसीले सो बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तावित बजेटमा पुँजीगतमा २८ करोड ६१ लाख ७९ हजार रूपैयाँ अर्थात् ४६ प्रतिशत छ । यसै गरेर चालुतर्फ ३४ करोड ९३ लाख ४१ हजार रूपैयाँ अर्थात् ५४ प्रतिशत छ । पालिकाले शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक सशक्तीकरण, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासन र आर्थिक विकासका क्षेत्रलाई प्राथमिकीकरण गरेर बजेट ल्याएको गाउँपालिकाका उपाध्यक्ष जिसीले बताए ।
संघीय सरकारको अनुदान ४५ करोड ८४ लाख रूपैयाँ, राजस्व बाँडफाँटबाट १० करोड ९७ लाख रूपैयाँ, प्रदेश सरकारको अनुदान तीन करोड ४७ लाख रूपैयाँ, राजस्व बाँडफाँटबाट ७७ लाख रूपैयाँ, आन्तरिक राजस्वबाट एक करोड ५० लाख रूपैयाँ र गत वर्षको मौज्दात एक करोड रूपैयाँ छ ।
त्यस्तै, शान्तिनगर गाउँपालिकाले ५० करोड ९७ लाख ४८ हजार रूपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीले आगामी आवका लागि बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले चालुतर्फ ३१ करोड ६६ लाख ४८ हजार रूपैयाँ, पुँजीगततर्फ १९ करोड ३१ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । उता गढवा गाउँपालिकाले आउँदो आव २०७९/८० का लागि ६३ करोड ४५ लाख १० हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । गढवा गाउँपालिकाको एघारौँ गाउँसभामा उपाध्यक्ष शारदा चौधरीले बजेट प्रस्तुत गरेका हुन् । पालिकाले चालुतर्फ ३१ करोड ६५ लाख ७६ हजार रूपैयाँ र पुँजीगततर्फ ३१ करोड ७९ लाख ३४ हजार रूपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । यता, दङ्गीशरण गाउँपालिकाले आव २०७९/८० का लागि ४६ करोड ९४ लाख ३९ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले बजेट प्रस्तुत गरेका हुन् ।
यसैबीच, राप्ती गाउँपालिकाको बजेट पनि सार्वजनिक भएको छ । सहमतिका लागि प्रयास भए पनि सहमति हुन नसकेपछि आव २०७९/८० को ६१ करोड ५४ लाख ८४ हजार रूपैयाँ बराबरको बजेट वडा नं ४ का वडाध्यक्ष वीरबहादुर चौधरीले घोषणा गरेका हुन् । रासस

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_k4miDy1biw_aspbqzk8qkvhfdoosmujjxablxwzef4otckhk6lexz5pogci44ertbbpddov.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_bllj3sgKUc_qlyf8rnwk5boc3i7dtzssoiedckujzprcsn5k4ugdsbcqghroji2nwldqw4z.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया