तुलसीपुरको बजेट एक अर्ब ८६ करोड

दाङ - तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । उपमहानगर उपप्रमुख स्यानी चौधरीले एक अर्ब ८६ करोड ४७ लाख ७९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो ।
आन्तरिक स्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिष्ट्रेशनबाट १० करोड, अल्या बैंक मौज्दात चार करोड ५० लाख गरी कूल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख अनुमान गरिएको छ ।
त्यस्तै संघीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान ३३ करोड ६२ लाख, सःशर्त अनुदान ६२ करोड ९१ लाख, समपूरक अनुदान एक करोड ६० लाख, विशेष अनुदान एक करोड ३० लाख र राजस्व बाँडफाँट रकम २३ करोड ५५ लाख तीन हजार रहेको उपप्रमुख चौधरीले जानकारी दिए ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान एक करोड ५६ लाख, सःशर्त अनुदान एक करोड ६० लाख, समपूरक अनुदान तीन करोड, विशेष अनुदान ८० लाख र राजस्व बाँडफाँट तीन करोड ३१ लाख ७६ हजार र अन्य संघसंस्था अनुदानमा नगरविकास कोष ऋण सात करोड, युनिसेफ अनुदान ६० लाख र सडक बोर्ड नेपाल एक करोड प्राप्त हुने अनुमान गरिएको छ ।
व्ययतर्फ कार्यालय सञ्चालन र प्रशासनिक खर्च २७ करोड आठ लाख ३२ हजार, नगर विकास कोष साँवाब्याज किस्ता भुक्तानी ७७ लाख २३ हजार, चालु नगरस्तरीय कार्यक्रम खर्च एक करोड ६५ लाख ७७ हजार, सबै महाशाखा र शाखाहरूको प्रशासनिक र कार्यक्रम खर्च १८ करोड ९८ लाख ६८ हजार, वडास्तरीय प्रशासनिक, योजना तथा कार्यक्रम खर्च १३ करोड ३० लाख, नगरस्तरीय योजना तथा कार्यक्रम खर्च तीन करोड ८५ लाख ५४ हजार २७६, दायित्व गत आवको योजना कार्यक्रम खर्च ३० करोड, केन्द्र प्रदेश र अन्य समपूरक योजनाको खर्च आठ करोड ५० लाख, गत आव भुक्तानी बाँकी खर्च रु दुई करोड ५१ लाख २४ हजार ७२४, संघीय सरकार सःशर्त, विशेष र समपूरक योजनाको खर्च ६५ करोड ८१ लाख, प्रदेश सरकार सःशर्त, विशेष र समपूरक योजनाको खर्च पाँच करोड ४० लाख गरी कूल बजेट खर्च एक अर्ब ८६ करोड ४७ लाख ७९ हजार अनुमान गरिएको होे । रासस

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया