विद्युत् प्राधिकरण निमित्तपछि पुन: निमित्त

काठमाडौं : ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्राधिकरणकै १२ औं तहका वरिष्ठ इन्जिनियर हितेन्द्रदेव शाक्यलाई दिएको छ । शाक्यले सोमबारदेखि कार्यभार सुरु गरेका छन् ।
मन्त्रालयले हिजो आइतबार बेलुकी शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको पत्र दिएको थियो । ‘हिजो चिठी पाएँ, आजदेखि काम सुरु गरेको छु,’ शाक्यले इकागजसँग भने, ‘मेरो प्रथम दायित्व आसन्न तिहारको विद्युत् वितरणलाई भरपर्दो र विश्वसनीय बनाउनु हो, त्यसपछि अरु विषयमा ध्यान केन्द्रित गर्नेछु ।’
गत भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ निवृत्त भएपछि सरकारले उनको पुनः नियुक्त गरेन । बरु प्राधिकरणको लेखा समूहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनायो । प्राधिकरणमा कोइरालाभन्दा शाक्य वरिष्ठ (सिनियर) हुन् । उनी प्राधिकरणकै सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत थिए । प्राधिकरणअन्तर्गत रहेको इन्जिनियरिङ (निर्देशनालय सरह) लाई छुट्टै सहायक कम्पनीका रूपमा गठन गरिएपछि शाक्यले त्यसको जिम्मेवारी पाएका थिए ।
प्राधिकरणको कार्यकारी निर्देशकमा नेपाल सरकार (मन्त्रिपरिषद्) ले चाहेको व्यक्तिलाई नियुक्त गर्न सक्ने कानुनी अधिकार छ । प्राधिकरणको ३५ वर्षको इतिहासमा एक निमित्तलाई हटाई अर्को निमित्त दिएको यो पहिलोपटक हो । यसअघिका सरकारले ऊर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक नियुक्त गर्थ्यो ।
घिसिङको कार्यकाल सकिनुअघि नै ऊर्जा मन्त्री वर्षमान पुनले उनको पुनः नियुक्तीका लागि गरेको सिफारिसलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि प्राधिकरण निमित्तको भरमा चल्नुपर्ने अवस्थामा पुगेको हो ।
वार्षिक आठ अर्ब रुपैयाँका दरले घाटा खाँदै आएको प्राधिकरणलाई घिसिङले आफ्नो चारवर्षे कार्यकालमा ११ अर्ब रुपैयाँ नाफामा लैजान सफल भएका थिए । उनले २६.३ प्रतिशत रहेको विद्युत् चुहावटलाई १५ प्रतिशतमा झारेका थिए ।
घिसिङले नै २०७३ सालको लक्ष्मीपूजाका दिनदेखि उपत्यकावासीलाई चौबीसै घण्टा बिजुली आपूर्ति गरेर लोडसेडिङ अन्त्य गराएका थिए । उपत्यकाबाट हटेको लोडसेडिङ क्रमशः देशभरबाट घिसिङले नै विस्थापित गरेका थिए ।

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

प्रतिक्रिया