नेपाल पनि हायर एजुकेसनको एउटा 'हब' बन्न सक्छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गरेका छन् ।
नेपाल उच्च शिक्षाको ठूलो हब हुन सक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका हुन् । शुक्रबारबाट काठमाडौँमा सुरु भएको ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवा मूलक व्यवसाय ठानेर अघि बढ्न पनि निजी क्षेत्रलाई सचेत गराए ।
नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने जिकिर गरे । त्यसका लागि सरकारले पूर्वाधारलगायतका आवश्यक व्यवस्था मिलाउने तर लगानी भने निजी क्षेत्रले गर्दा हुने उनले बताए । राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रबाट नेपालमा ठूलो इकोनोमिक एक्टिभिटी हुने भएकाले यसमा लगानी गर्नेहरूको भविष्य राम्रो रहेको पनि दोहोर्याए ।
उनले भने, ‘नेपाल पनि हायर एजुकेसनको एउटा हब हुन सक्छ । हायर एजुकेसनमा इन्भेष्ट गरेर एउटा ठूलो इकोनोमिक एक्टिभीटी गर्न सकिन्छ भन्ने त्यो चीजमा सबै लागौं । यसमा सरकारले सकेन भने प्राइभेट सेक्टरका साथीहरूले आएर युनिभर्सिटी बनाउनु पर्यो । हाम्रो मुलुकलाई ११ वटा युनिभर्सिटीले पुग्नेवाला छैन । लगानी गर्ने साथीहरूले शिक्षा र स्वास्थ्यलाई पूरा व्यापार मात्रै नठानेर सेवा मूलक व्यवसाय गर्छ भनेर लाग्नुस् । लगानी गर्नुहोस् । यसमा फ्युचर छ ।’
राज्यमन्त्री श्रेष्ठले ठूलो लगानी शिक्षा आर्जनका लागि विदेशिन नदिन सरकारले नेपाललाई एजुकेसन हब बनाउने नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न लागेको पनि बताए । चार दिनसम्म चल्ने सो फेयरमा उच्च शिक्षा हासिल गर्नका लागि आवश्यक सन्दर्भ सामग्रीबारे एकै थलोमा बसेर जानकारी पाउने व्यवस्था मिलाइएको बताइएको छ ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया