के नेपाली क्रिकेटका लागि युएई तगारो बन्दै गएको हो ?

काठमाडौँ – पछिल्लो समय नेपालको युथदेखि सिनियर क्रिकेट टिमसम्मका लागि युनाइटेड अरब इमिरेट्स (युएई) तगारोको रुपमा उभिएको देखिन्छ । २०२२ आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायर्समा युएईसँग पराजित हुँदादेखि एसीसी महिला टी-ट्वान्टी च्याम्पिनयसीपमा वर्षाले खेल प्रभावित हुँदासम्म युएई नै नेपालको चुनौतीको रुपमा उभिएको छ ।
गत फेब्रुअरीमा ओमानमा भएको २०२२ आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायर्स अन्तर्गतको महत्वपूर्ण खेलमा युएईसँग पराजित भएपछि नेपाल अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्नबाट चुक्यो ।
समूह चरणमा तीनवटै खेल जितेको नेपाल भने सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुनपुग्यो जसका कारण दोस्रोपटक टी-ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भयो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पनि युएईले अहिलेसम्म खेलेका दुवै खेलमा नेपाललाई पराजित गरेको छ ।
यता जुन ३ देखि ९ सम्म मलेसियामा सम्पन्न आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया क्वालिफायर्स अन्तर्गत पनि युएई नेपालका लागि एउटा ठूलै तगारो बन्यो । ६ टिमको सहभागिता रहेको छनोट अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले लज्जास्पद हार बेहोर्यो ।
उक्त खेलमा युएईले नेपाललाई ८ रनमै अलआउट पार्यो तथा ९ रनको लक्ष्य युएईले ७ बलमै पूरा गर्यो । त्यसपछि थाइल्यान्डसँग पराजित भएपछि भने आगामी वर्ष दक्षिण अफ्रिकामा पहिलोपटक आयोजना हुने आईसीसी महिला यू-१९ विश्वकपमा भने नेपालले स्थान बनाउन सकेन ।
अर्कोतर्फ मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पिनयसीपको सेमिफाइनल खेलमा नेपालले युएईबीचको खेल परेको थियो । तर वर्षाका कारण खेल पूरा हुन नसकेपछि नेपाललाई पछि पार्दै युएई प्रतियोगिताको फाइनलमा पुग्नुका साथै महिला टी–ट्वान्टी एसिया कपमा समेत स्थान बनाउन सफल भयो । जबकि नेपाल भने एसिया कपमा समेत छनोट हुन सकेन् ।
समूह ‘बी’ मा नेपाल उपविजेता तथा समूह ‘ए’ मा युएई विजेता भएका कारण दुई टोलीबीचको सेमिफाइनल खेल वर्षाका कारण पूरा नभएपछि युएई अघि बढ्यो । युएईविरुद्ध अस्मिना कर्माचार्यले ५ विकेट लिदै नेपाललाई बलियो अवस्थामा पुर्याएपनि वर्षाका कारण खेल हुन सकेन ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया