राजस्व चुहावट अभियोगमा प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध भ्रष्टाचार अभियोग

काठमाडौ – खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्रीमा राजस्व चुहावट गरेको अभियोगमा जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बाराको जीतपुरसिमरा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं र न्यू पाथिभरा सप्लायर्स, हेटौंडा–४ मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने ठेक्का न्यू पाथिभरा सप्लायर्सले लिएको थियो । सम्झौता गर्दाको बखत दुई किस्तावापत हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत लिनुपर्नेमा लिइएन । आर्थिक वर्ष २०७६-०७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिमको अङ्कमध्ये हालसम्म दाखिला गर्न बाँकी रकम १ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट हुन भएको थियो । आयोगले राजस्व चुहावट गरेको रकमलाई भ्रष्टाचार गरेको अभियोग लगाउँदै जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।
उता, ठेकेदार कम्पनीका प्रोपाइटर प्रोपाइटर श्रेष्ठलाई १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ बिगो कायम भ्रष्टाचार मुद्दा चलाएको छ । ठेकेदारले कबोल गरेको अङ्कमा बाँकी दाखिला नगरेको र ठेक्का कबोल अङ्कको हुन आउने मूल्य अभिवृद्धि कर रकम ४६ लाख ४४ हजार ५ सय १० रुपैयाँ दाखिला नगरेको रकम जोडी भ्रष्टाचार मुद्दा लागेको हो ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया