सुदूरपश्चिममा कोभिड संक्रमण बढ्दै

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड १९ को संक्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोभिड १९ को संक्रमणदर घट्दै गएकामा पछिल्ला केही दिनदेखि संक्रमण बढ्न थालेको हो ।
पछिल्ला दुई दिनमा थप १२ जनामा कोभिडको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । निर्देशनालयको तथ्यांकमा गएको २४ घण्टामा नौ जनामा यो रोगको संक्रमण भएको उल्लेख छ ।
कोभिड १९ को आशंकामा बुधबार ३५९ जना र आज बिहीबार ३२८ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्ला दिनमा यो रोगको संक्रमण दर केही बढे पनि फागुनयता रोगले हुने मृत्युदर भने शून्य छ ।
छिमेकी देश भारतमा यो रोगको संक्रमण बढेसँगै नेपालमा पनि यो रोगको संक्रमण बढ्ने जोखिम देखिएको सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीको भनाइ छ ।
सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरबाही भइरहँदा यो रोगको संक्रमण बढ्न थालेको बताइएको छ । सीमा नाका हुँदै भित्रिनेको नमूना परीक्षणको कामलाई प्रभावकारी बनाउँदै संक्रमण फैलिन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशका विभिन्न सीमा नाकाबाट बुधबार ६६४ र आज ५८७ जना नेपाल भित्रिएको जनाइएको छ । सीमा नाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्र एन्टिजेन विधिबाट नमूना परीक्षण हुने गरेको छ ।
प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये अधिकांशले पूर्ण मात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ । पछिल्ला दिनमा कोभिडविरुद्धको खोप नपाएका बालबालिकालाई खोप दिन सुरू गरिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया