मोहितवंश र मेलिनाको 'भटक भटक' मा नाजीर र आश्मा

काठमाडौँ- कलाकार हरिवंश आचार्यका छोरा मोहितवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘भटक भटक’ बोलको उक्त गीतमा गायिका मेलिना राइले उनलाई साथ दिएकी छिन् ।
डान्सिङ फ्लेबरमा रहेको यस लभ सङमा अभिनेता नाजीर हुसेन र मोडल आश्मा विश्वकर्माले एकसाथ कम्मर मर्काएका छन् । आश्माको कामुक नृत्यले भरिएको गीतलाई सरोज ओलीले लेखेका हुन् । ओलीका अनुसार यो यसअघिको उनको हिट गीत ‘ए है माया’ कै दोश्रो संस्करण हो ।
कोभिड महामारीले थिलथिलो बनेको गीतसंगीत उद्योगमा गायक समेत रहेका ओलीले कोरोना सचेतनासँग जोडेर ‘ए है माया’ बोलको गीत लिएर आएका थिए । जसलाई युट्युवमा तीन करोडभन्दा बढी पल्ट हेरिएको छ ।
‘भटक भटक’ पनि दीपक शर्माले नै संगीत भरेका छन् । श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् । भुपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर रहेको गीतको म्युजिक भिडियोलाई विक्रम स्वारले निर्देशन गरेका छन् ।
‘ए है मायाजस्तै रोमान्टिक छ–भटक भटक। दर्शकले पक्कै रुचाउनुहुनेछ,’गीतकार ओली विश्वस्त छन्। गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको हो।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया