पोखरामा किड्नी ट्रान्सप्लान्ट सेवा सुरु

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा किड्नी ट्रान्सप्लान्ट सफलतापूर्वक गरिएको छ । ट्रान्सप्लान्ट सफल भएसँगै अब किड्नीका बिरामीहरुले किड्नी ट्रान्सप्लान्ट गर्न अन्यत्र जानु नपर्ने भएको छ ।
धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा. प्रकाश क्षेत्री सहितको टिमले करिब ४ घण्टाको समय लगाएर ५० वर्षीया महिला बिरामीमा ५१ वर्षीय पुरुषको किड्नी प्रत्यारोपण गर्न सफल भएका प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले बताए । गण्डकी प्रदेश मै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन गरी सुरु गरिएको उक्त सेवा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रतिष्ठानको सहकार्यमा गरिएको हो ।
पोखरामा दैनिक डायलासिस गर्नुपर्ने किड्नी बिरामी ५ सय भन्दा बढी छन् । पोेखरामा नै किड्नी ट्रान्सप्लान्ट हुने भएपछि धेरै विरामीको उपचारमा सहज हुने र आगामी दिनमा उक्त सेवालाई बढाउँदै लैजाने योजना रहेको अस्पताल प्रशासनको भनाई छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया