नेपाल वायुसेवा निगमको अस्थायी महाप्रबन्धकमा कनिष्ठ

काठमाडौँ- पर्यटन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धक जिम्मेवारी निगमका सबैभन्दा कनिष्ठ (नौ तह) का पाइलट दिपुराज ज्वार्चनलाई दिलाएका छन् । उनको सिफारिसमा आज बसेको मन्त्रिपरिषद् बैठकले निगमको अस्थायी महाप्रबन्धकको जिम्मेवारी दिएको हो ।
निगममा हाल १० तहका चार वरिष्ठ अधिकारीहरू छन् । तिनमा व्यापारिक विभागका जनक कालाखेती, गुणस्तरका निर्देशक विक्रम केसी, इन्जिनियरिङ विभागका प्रज्वल श्रेष्ठ र अपरेशन विभागका क्याप्टेन रविन्द्रकुमार शेरचन छन् ।
ज्वार्चनलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिने दौडधुपमा हिजो बिहान नयाँ दिल्ली जाने निगमको जहाज (९एन–एकेएक्स ए–३२०) २ घण्टा १८ मिनेट ढिलो उडेको थियो । आज बिहान ८ बजे उड्नुपर्ने उक्त जहाज १०: ४० मात्रै उडेको थियो ।
उक्त जहाजमा क्याप्टेन च्वार्चनले उडाउने तय भएको थियो । ‘तर ज्वार्चनको दौडधुपका कारण अरु पाइलट खोज्ने क्रममा जहाज ढिलो उड्यो,’ निगम स्रोतले भन्यो, ‘सम्भवतः ज्वार्चनले आज जिम्मेवारी पाउँछन् ।’
जहाजमा एक सय ४४ यात्रु थिए । नयाँ दिल्ली उड्ने जहाज ढिलो हुँदा आन्तरिक र बाह्य गरी २२ वटा ‘कनेक्टिङ फ्लाइट’ हरु प्रभावित भएका थिए ।
निगममा प्रबन्ध निर्देशक १२ तहको हुने गर्छ । यो पदमा अक्सर पर्यटन मन्त्रीले चाहेका व्यक्तिलाई राजनीतिक नियुक्तिमार्फत पूर्ति गरिन्छ । यसअघि निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेललाई पर्यटन मन्त्री आलेले हटाएका थिए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई मन्त्रिपरिषद्ले निलम्बन गरेपछि निगम मुखियाविहीन थियो ।
हाल निगममा ११ तहका कुनै पनि कर्मचारी छैनन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया