कर्णालीको कृषिमा जलवायु परिवर्तनले जोखिम बढ्यो : कृषि मन्त्री शाही

सुर्खेत- कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले कृषि क्षेत्रको जोखिम र क्षति बढ्नुमा जलवायु परिवर्तन भएको बताएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘बाली तथा पशुपक्षी बीमा निर्देशिका, २०७७’ विषयक प्रदेशस्तरीय गोष्ठीमा मन्त्री शाहीले जलवायु परिवर्तनले कृषि क्षेत्रमा जोखिम र क्षति दुवै बढ्दै गएको जनाए ।
पछिल्लो समय यस क्षेत्रमा बढ्दै गएको जोखिम घटाउन बाली तथा पशुपक्षी बीमा गर्न उनले कृषकलाई आग्रह गरे । 'भौगोलिक विकटता, राज्यको कृषिमा थोरै लगानी, बीमा कम्पनीको सहर केन्द्रित कार्यक्रमले कर्णालीका कृषक मर्कामा छन्,' उनले भने, 'यहाँका किसानको कृषि व्यवसाय प्रवर्द्धनका लागि बीमा कम्पनी गाउँ केन्द्रित हुनुपर्दछ ।'
प्रदेश सरकारले दिने अनुदान र कृषकले गरेको जोखिम बीमामा समेत बिचौलियाले फाइदा उठाउन थालेको उनले बताए । उनले बीमा कम्पनीलाई कर्णालीका निरक्षर कृषकको व्यवसाय सुरक्षा र प्रवर्द्धन हुने गरी काम गर्न सुझाए ।

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया