नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका शिक्षकमाथि आरोपपत्र दायर

काठमाडौं– अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियाेगमा शिक्षकमाथि मुद्दा दायर गरेको छ । नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीमा कार्यरत हुमलाल पौडेलविरुद्ध आयाेगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
पौडेलले गोरखपुर विश्वविद्यालय भारतबाट प्राप्त गरेको भनी प्रमाणपत्र पेश गरेका थिए । उनले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाई ल्याएको भन्ने उजुरी परेको थियो । सोबारे अनुसन्धान हुँदा झुट्टा प्रमाणपत्र पेश गरेको प्रमाणित भएको हो ।
उनलाई भ्रष्टाचार ऐनअनुसार सजाय हुन माग दावीसहित आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया