एकपछि अर्का नायब सुब्बा अकुत सम्पत्ति आर्जनको अभियोगमा

काठमाडौं– एकपछि अर्का नायब सुब्बाले भ्रष्टाचारबाट ‘अकुत’ सम्पत्ति जोडेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ । केही दिनअघि चार वर्षमै ६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा नायब सुब्बालाई मुद्दा चलाएको अख्तियारले फेरि अर्का नायब सुब्बाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा चलाएको छ ।
अख्तियारले जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको छ । झा र उनको परिवारसँग ४ करोड ८७ लाख ३८ हजार २ सय १० रुपैयाँ सम्पत्ति भएको तथ्यांक आयोगले सार्वजनिक गरेको छ । तिनीहरुसँग भएको सम्पत्तिको २ करोड ४२ लाख ६७ हजार १ सय ४ रुपैयाँको स्रोत खुलेको छ । आयोगले स्रोत खुलाउन नसकेको सम्पत्तिलाई जागिरकालमै भ्रष्टाचारबाट आर्जित गरेको ठहर गर्दै मुद्दा लगाएको हो ।
आयोगले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये श्रोत नखुलेको १ करोड ७५ लाख १३ हजार ३ सय २३ रुपैयाँ मूल्य बराबरको सम्पत्ति तथा त्यही सम्पत्तिमध्ये आंशिक रुपमा श्रोत खुलेको ६३ लाख ७३ हजार ५ सय ५५ मूल्य बराबरको सम्पत्ति, बाँकी अपुग बिगो निज गणपति झाको नाममा रहेको नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको मौज्दातबाट ५ लाख ८४ हजार २ सय २६ समेतबाट जफतको माग दाबी लिएको छ ।
गणपति झाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे-बढाएको सम्पत्तिका मालिक पत्नी मीनादेवी झा, छोराहरु दिवाकरकुमार झा, शिवाकरकुमार झा र करुणाकर कुमार झालाई पनि प्रतिवादी बनाएको छ । आयोगले तिनीहरुको नाममा रहेको सम्पत्ति पनि जफतको माग गर्दै भ्रष्टाचार मुद्दा लगाएको हो ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया