आत्मालोचना गर्दै बुद्ध एयरले भन्योः आगामी दिनमा उडान सेवा बन्द गर्नेछैनौँ

काठमाडौँ - बुद्ध एयरले आगामी दिनमा उडान सेवा अवरुद्ध नगर्ने प्रतिबद्धता जनाएको छ । बुद्ध एयरले यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ ।
वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीको जिविकोपार्जन थलोसमेत रहेको एयरले बताएको छ । आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यथोचित निर्णय नभएको स्वीकारेको छ । 'यसको आत्मालोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दर्छौँ,' एयरले भनेको छ ।
काठमाडौँ विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाज रहेका छन् । सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुनेसमेत बताएको छ । अध्ययनले पार्किङ क्षेत्रमा १७ वटा जहाजको क्षमता रहेको देखाएको थियो ।
नागरिक उड्डयन प्राधिकरणले आन्तरिक क्षमताभन्दा बढी पार्किङ भएकाले काठमाडौं बाहिर रात्रि विसान गर्न निर्देशन दिएको थियो । पार्किङस्थल सुधार भएको छ र अहिले १७ वटाभन्दा बढी जहाज रात्रीकालीन समयमा राख्न सकिने भएको छ ।
प्राधिकरणले काठमाडौँमा रात्रीकालीन समयमा पार्किङ गर्ने जहाजहरूलाई स्थान उपलब्ध गराउने भएको छ । यसले नेपाली यात्रुलाई सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुने बुद्ध एयरले विश्वास व्यक्त गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया