लायन्स क्लबले निःशुल्क मधुमेहकाे जाँच तथा परामर्श गर्ने

काठमाडौं : विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लबले निःशुल्क मधुमेह स्त्रिनिङ क्याम्पको आयोजनागर्ने भएको छ । ८ नोभेम्बरदेखि १३ सम्म चल्ने क्याम्प बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने लायन्स क्लबले जनाएको छ ।
‘कार्यक्रम अन्तर्गत लायन्स क्लबले टंगालस्थित के–ल्याबबाट निःशुल्क सुगर जाँच, सुगर थाइरोइड र हार्मोन रोग विशेषज्ञ डा. डीना श्रेष्ठबाट निःशुल्क परामर्श एवं सुगर मात्रा उच्च रहेका व्यक्तिहरुको निःशुल्क एचबीए१सी जाँच सेवा सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाई प्रदान गरिनेछ ।’
नेपालसहित विश्वभर ९ प्रतिशत मानिस मधुमेहबाट प्रभावित छन् । लगभग ५० प्रतिशत मानिसलाई त मधुमेह रोग भएको थाहा पनि हुँदैन । साथै हालको यस महामारीका कारण पटक–पटक भइरहेको लकडाउनले अधिकांश मासिहरुको शारीरिक गतिविधि र व्यायाम न्यून भएको छ र यसले मधुमेहको जोखिम अझ वृद्धि भएको देखिन्छ । मधुमेह रोगीहरु कोभिड–१९ का जटिल समस्याहरुबाट प्रभावित हुने थप जोखिम रहेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_s4hDareMu3_idj7udjp7zsqalbkt4mtquvyrzmumrhbnype1jhrjwfdadouht6jmddbhkvx.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया