सबै जहाज राख्न त्रिभुवन विमानस्थल रत्नपार्क होइन : महानिर्देशक अधिकारी

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले एउटै विमानस्थलमा सबै वायुसेवाको जहाज राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ररत्नपार्क नभएको बताएका छन् । मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले सबै विमान कम्पनीहरूले विमान थप्दै जाने हो भने विमान कसरी चलाउने भन्दै प्रश्न समेत गरे ।
महानिर्देशक अधिकारीले त्रिभुवन विमानस्थलको आन्तरिक तर्फको क्षमता १७ वटा विमान बस्न भएको बताए । उनले १७ वटा क्षमता हुँदाहुँदै अहिले ४० वटा समेत विमान राखिने गरेको जनाए । पार्किङ समस्या रहेकाले अब नेपालमा रहेका पूर्वदेखि पश्चिमसम्मका विमानस्थलमा ६६ प्रतिशत विमान बाहिर लगिने उनको भनाइ छ । अधिकारीले विमान कम्पनीहरुले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पारे । उनले जुन विमान र हेलिकोप्टर कम्पनीले एओसी लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्नेमा क्यान स्पष्ट रहेको उल्लेख गरे
अधिकारीले विमानस्थल स्ट्याण्ड पार्किङ गर्ने ठाउँ भएकाले एउटै ठाउँमा उडान, पार्किङ हुँदा असहजता बढ्दै गएको बताए । उनले वायुसेवा कम्पनीहरूलाई उडान, पार्किङभन्दा पनि नीतिमा सहमति गर्न आग्रह गरे ।
सोही क्रममा अधिकारीले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको उल्लेख गरे । उनले हवाइ सेवा अत्यन्तै महत्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताए । उनले निजी वायुसेवा सञ्चालकहरु पनि अत्यन्तै जिम्मेवार भएकाले हवाइ उडान बन्द गरी नहाल्ने विश्वास व्यक्त गरे । महानिर्देशक अधिकारीले हड्ताल कहाँ-कहाँ गर्न पाइन्छ कहाँ-कहाँ गर्न पाइँदैन भन्ने सबै नेपाली नागरिकलाई थाहा भएको भन्दै सञ्चालकहरूलाई सचेत गराए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया