किसानलाई कृषि सामग्री सहयोग

मकवानपुर- मकवानपुर जिल्ला कैलाश गाउँपालिकाले स्थानीय कृषक समूहका किसानहरूलाई विभिन्न कृषि सामग्री वितरण गरेको छ ।
किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र लागत घटाइ उत्पादन बढाउन मिनी ट्रिलर १३ वटा, अदुवा पिस्ने मिल ६ वटा, विषादी छर्कने इलेक्ट्रिक पम्प २० वटा र डिजिटल तराजु २ वटा हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष वालकुमार मल्ल ठकुरीले आज किसानहरूलाई उक्त कृषि सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
अदुवा पकेट क्षेत्र कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि ज्ञान केन्द्र चितवनले कृषि सामग्रीहरू वितरण गर्न १५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसानले व्यहोर्ने गरी उक्त कृषि सामग्रीहरू वितरण गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले जानकारी दिए ।

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया