सरकार विद्यालयमा पाठ्यपुस्तक पुर्याउने विषयमा गम्भीर छैन : भट्टराई
काठमाडौँ- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकार समयमा नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने विषयमा अझै गम्भीर नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले विद्यालयहरूमा विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउने विषयमा सरकारले सामान्य प्राविधिक विषय देखाएर पन्छिन खोजेको आरोप लगाए ।
भट्टराईले सरकारले प्राविधिक समस्याभन्दा पनि जनक शिक्षा सामग्री केन्द्रको प्रशासनिक, व्यवस्थापकीय सुधार र क्षमता अभिवृद्धिको कुरालाई व्यवसायिक स्किम ल्याएर देखाउनुपर्ने बताए । उनले पुस्तक छपाइका लागि दुईपटक टेण्डर जारी गरेकोमा शंका व्यक्त गरे । भट्टराईले पहिलो टेण्डर खारेज गरेर दोस्रो पटक महँगोमा टेण्डर स्वीकृत गर्नुपर्ने कारण समितिलाई मन्त्रीले जानकारी गराउनुपर्ने माग गरे । उनले ६ हजार मेट्रिक टन कागज किन्दा पहिलोमा प्रति मेट्रिक टन १ लाखमा र दोस्रोमा १ लाख ६ हजारमा टेण्डर गर्दा लागत खर्च मात्रै करिव ३ करोड रुपैयाँ बढाएको बताए ।
एमाले सचिव भट्टराईले पुस्तक छाप्न निजी क्षेत्रलाई नदिने भनिए पनि अहिले सत्ता गठबन्धनका ठूला नेताको नजिकको मान्छेको प्रेसमा किताब छपाइ भइरहको उल्लेख गरे । उनले सरकारले टेण्डरमार्फत दिएको वा कसले दियो भन्दै प्रश्न गरे ।
भट्टराईले समितिले पुस्तक निजी प्रेसमा छापिएको विषयमा अनुगमन गर्नुपर्ने बताए । उनले सरकारले चालू आर्थिक वर्षको लागि विद्यालयलाई दिएको ७५ प्रतिशत बजेटको पनि किताब किन्ने वातावरण नबनाएको जिकिर गरे ।

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

प्रतिक्रिया