प्रदेश १ एमाले संसदीय दलको उपनेतामा अधिकारी र सचेतकमा कार्की

विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको रिक्त पदाधिकारीलाई पूर्णता दिएको छ । दलको उपनेतामा प्रदेशसभा सदस्य यशाेदा अधिकारी र सचेतकमा विमल कार्कीलाई चयन गरेको एमाले संसदीय दलका नेता भीम प्रसाद आचार्यले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
प्रदेशसभाको सवैभन्दा ठुलो दल भएपनि एमालेले दलको रिक्त रहेका पदाधिकारीहरु टुंग्याउन सकेको थिएन । लामो छलफलपछि उपनेतामा अधिकारी र सचेतकमा कार्की नियुक्त भएका हुन् । नेकपा विभाजन ताका माधव कुमार नेपाल समूहसँग रहेकी प्रदेशसभा सदस्य अधिकारी पछि एमालेमै रहेकी थिइन् ।
दलको उपनेता चयन भएकी अधिकारी एमालेबाट मोरङ जिल्लाको प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् । सचेतक चयन भएका कार्की भने उदयपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित सांसद हुन् । उपनेतामा अधिकारी र सचेतकमा कार्कीलाई नियुक्त गरिएको पत्र एमाले संसदीय दलले सभामुख प्रदीपकुमार भण्डारीसमक्ष जानकारी गराएको छ ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया