शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

उद्योगमन्त्रीलाई भीम रावलको प्रश्न–दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण तर्फ के गर्दै हुनुहुन्छ ?

काठमाडौं–नेकपा एमालेका सांसद भिम रावलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई इन्धनको मूल्य चर्को भएको बेला दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणमा के गर्दै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् । मंगलबार संसद् बैठकमा उनले मन्त्री बडूलाई यस्तो प्रश्न गरेका हुन् । 

‘इन्धनको चर्को मूल्यप्रति संवेदनशील भएर दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण र सस्तो बजारबाट अन्तराष्ट्रिय बजारबाट इन्धन लिने तर्फ के गर्दै हुनुहुन्छ ?,’ उनले भने, ‘ठूला व्यापारीहरूलाई जुन १५ प्रतिशत विद्युतमा छुट दिनुभएको छ । यो इन्धन खपतको संकटलाई ध्यानमा राखेर त्यो निर्णय रद्द गरेर सामान्य जनतालाई विद्युत खपतमा सौलियत दिने भन्ने विषयमा सरकारले गम्भीर रुपमा छलफल गरिरहेको भन्ने के साँचो हो ?’