वाइ सिरिजअन्तर्गत–वाइ५५ सार्वजनिक गर्ने तयारीमा भिभो

काठमाडौंँ- विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले वाइ सिरिज अन्तर्गत पछिल्लो संस्करण वाइ५५ यहीँ ११ असार गते सार्वजनिक हुने घोषणा गरेको छ । यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ ।
यसको पूर्ववर्ती जस्तै, वाइ५५ पनि उच्च विशेषताहरू भएको एक सुलभ उपकरण हो । वाइ ५५ भिभोको विश्व प्रसिद्ध फ्युचरिस्टिक तर डिजाइन भएको नवीनतम उपकरण हो जसले प्रयोगकर्ताको हरेक माग पूरा गर्नेछ । यसलाई विशेष ब्याट्री शक्ति, क्यामेरा क्षमता र उच्च प्रदर्शनद्वारा प्रतिस्पर्धामा अगाडि रहन डिजाइन गरिएको छ ।
वाइ५५ मा ५ हजार एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिने कम्पनीले जनाएको छ । साथै, यस फोनमा ४४ वाट फ्ल्यास चार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरूको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि यो नयाँ उपकरण उत्तम विकल्प हुन् सक्छ ।
शक्तिशाली पर्फमेन्स लागि वाइ५५ मा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । यस प्रोसेसरले गर्दा यो उपकरणमा गेमिङ स्ट्रिमिङ वा काम गर्न समेत सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । यसले बहु–कार्यलाई सजिलो बनाउनेछ । यसबाहेक, यस उपकरणलाई थप उपयुक्त बनाउन, भिभोले रियर फिंगरप्रिन्ट स्क्यानरको सट्टा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ । यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र रुप–रंग बढाउँछ र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ ।
यस उपकरणमा ५० एमपी एचडी रियर क्यामेरा तथा १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसबाट आर्कषक फोटोहरू लिन सकिन्छ साथै यसले फोटोग्राफीको अनुभवलाई वृद्धि गर्नेछ । यो फोनको मूल्य भने सार्वजनिक भएको छैन । भिभो वाइ५५ को बारेमा थप जानकारी र उपलब्धताका लागि भिभोको सामाजिक संजाल र वेवसाइट हेर्दै गर्नुहोला ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया