घर निमार्ण गर्दा उचित ड्रेनेजको लागि मंगलमको प्रो-ड्रेन

काठमाडौँ - घर निर्माण गर्दा ढल व्यवस्थापनको पक्ष अत्यन्तै महत्वपुर्ण हुन्छ । त्यसको लागि उचित ड्रेनेज प्रणाली पनि एउटा जरुरी पाटो हो । घरको निर्माण प्रक्रियामै उचित ड्रेनेज प्रणालीको व्यवस्था नगर्दा भविष्यमा धनजनको क्षति र स्वास्थ्य जोखिम निम्तिन सक्छ । बर्खाको बेलामा जम्मा हुने पानी होस् वा घरको भान्छा र बाथरुमबाट निस्कने फोहोर पानी होस्, तिनको उचित व्यवस्थापन नहुँदा घरमा पानी जाम हुने, पानी रसाउने, चुहिने जस्ता समस्या आइपर्न सक्छन् ।
बजारमा धेरै प्रकारका पाइपहरू उपलब्ध छन् । कुनै पनि घर निर्माण गदा कुन पाइप कहाँ प्रयोग हुन्छ भन्ने कुराको जानकारी हुनु महत्वपुर्ण हुन्छ । मेकानिकल, थर्मल, रासायनिक सबै पक्षहरूमा उत्कृष्ट मंगलम प्रो-ड्रेन पाइप्स परम्परागत पाइपिङ प्रणाली भन्दा धेरै अब्बल छन् ।
मंगलम प्रो-ड्रेन पाइपहरू रिङफिट र सेल्फ फिट दुवैमा उपलब्ध छन् र यिनीहरू आइएस १३५९२ मान्यता प्राप्त छन् । मंगलम प्रो-ड्रेन पाइप आइएसओ साथ साथै नेपाल गुणस्तर (एनएस) पनि प्रमाणित छ ।
छिटो र सजिलै जडान गर्न सकिने, जोइन्टहरू बनाउनको लागि कुनै सल्भेंट सिमेन्टको आवश्यक नपर्ने मंगलम प्रो-ड्रेन पाइपहरू आवासीय तथा व्यवसायिक भवनहरू, कारखाना, गोदाम लगायत सार्वजनिक स्थानहरूमा सरल तरिकाले ड्रेनेज डिस्पोजलको लागि अत्यन्त उपयोगी छन् ।
चाँडै नबिग्रने, भरपर्दो र धेरै टिकाउ हुने मंगलम प्रो-ड्रेन पाइप्सहरूमा रासायनिक प्रतिकृया नहुने र तातो चिसोले असर नगर्ने हुँदा यी पाइपहरू चाँडै नबिग्रने र भरपर्दो छन । जस्तोसुकै मौसमी अवस्थामा पनि प्रयोग गर्न मिल्ने यी पाइपहरू ड्रेनेज सिस्टम लगायत वर्षाको पानी संकलनमा पनि प्रयोग गर्न सकिन्छ । नेपाली बजारमा सहजै उपलब्ध यी पाइपहरू ढल निकास तथा व्यवस्थापनको लागि अत्यन्तै उपयुक्त र भरपर्दो छन् ।
मङ्गलम प्रो-ड्रेन मङ्गलम इन्डस्ट्रिज प्रा. लिद्वारा उत्पादन र वितरण गर्दै आएको छ। मंगलमका सबै उत्पादनहरू उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।
यसका सबै उत्पादनहरू आइएसओ ९००१:२०१५ प्रमाणित छन् भने मङ्गलमको सिपिभिसी, पिभिसी र एचडइपी पाइप आएसओ साथ साथै नेपाल गुणस्तर (एनएस) पनि प्रमाणित छन् ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया