बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

कांग्रेस केन्द्रीय समिति : ओलीको राजिनामा माग्‍ने, आफ्नै अगुवाइमा सरकार बनाउने

काठमाडौँ : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्‍ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले ओलीको राजीनामा माग्‍ने र आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गरेको हो । 

कांग्रेसकै नेतृत्वमा सरकार बनाउने तयारी पनि थाल्न तत्काल पहल गर्ने निर्णय समेत गरेको छ । आगामी सत्ता समीकरणका विषयमा केन्द्रीय समिति बैठक बस्‍नुअघि कांग्रेसभित्र लामो बहस चलेको थियो । बैठकको औपचारिक निर्णय आउन बाँकी छ, बैठक अझै जारी छ ।

निर्णयको प्रस्ताव पेस भएर पारित समेत भइसकेको अब बाहिर ल्याउँछौँ । सबैको चाहना कांग्रेस नेतृत्वकाे सरकार भएकाले यसतर्फ जान परेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।  माओवादी केन्द्र र जनता समाजवादी दलले समेत कांग्रेसको धारणा पर्खिरहेको अवस्था याे निर्णय गरेको हो ।