शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

जुम्ला पुगेर विप्लवले भने- कम्युनिस्ट एकता हुनसक्छ

जुम्ला- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिस्ट दलसँग एकता हुन सक्ने बताएका छन्  । 

जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिस्ट एकता हुन सक्ने बताएका हुन् ।  उनले भने,‘ कम्युनिस्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिस्टसँग एकता र सहकार्य हुनसक्छ ।’

उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए  ।