बिराटनगरले यान ललाई मुख्य प्रशिक्षक बनाउने, प्रमुख स्ट्राइकरमा अनुभवी पेड्रो मान्जी

काठमाडौँ: बैशाख ११ बाट सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) का लागि बिराटनगर एफसीले यान ललाई मुख्य प्रशिक्षक बनाउने भएको छ । भारतीय घरेलु फुटबलमा स्थापित प्रशिक्षक यान बिराटनगरको जिम्मेवारी लिन राजी भइसकेको क्लबका प्रमुख कार्यकारी अधिकृत शुभाशिश कोइरालाले जानकारी दिए ।
हाल भारतीय घरेलु फुटबलमा दोस्रो श्रेणीको मानिने आइ लिगमा पन्जाब एकेडेमी एफसी, मोहम्मेडन स्पोर्टिङ क्लब र अइजवाल एफसीको प्रशिक्षक रहिसकेका यानले एएफसी ए कोचिङ लाइसेन्स २५ वर्षकै उमेरमा प्राप्त गरेका थिए । २८ वर्षका यानले २० वर्षको उमेरबाटै प्रशिक्षण करियर सुरु गरेका थिए ।
सन् २०१९, जुलाईमा पन्जाबको जिम्मेवारी सम्हाल्दा सबैभन्दा कम उमेरमा आइ लिग क्लबको प्रशिक्षक बन्ने कीर्तिमान राखेका यान भारतीय फुटबल इतिहासमा सबैभन्दा सानो उमेरमा एएफसी ए कोचिङ लाइसेन्स लिने प्रशिक्षक पनि हुन् । हालै सम्पन्न आइ लिगमा आइजवाललाई सातौँ बनाएका यान अर्को साता नेपाल आउने तालिका छ ।
एनएसएल क्लबमध्ये विदेशी प्रशिक्षक नियुक्त गर्ने दोस्रो क्लब बन्न लागेको बिराटनगरले विदेशी खेलाडी पनि ल्याउने भएको छ । यसअघि नै १६ नेपाली खेलाडी अनुबन्ध गरिसकेको बिराटनगरले तीन विदेशी खेलाडी ल्याउने तयारी गरेको हो । जसमा पेड्रो मान्जी मुख्य स्ट्राइकरका रुपमा क्लब भित्रने छन् ।
उरुग्वेमा जन्मिएका स्ट्राइकर मान्जी स्पेनी क्लब इस्पान्योलका उत्पादन हुन् । स्पेनको समेत नागरिकता लिएका ३२ वर्षिय मान्जीसँग आइ लिगका साथै जापानको दोस्रो श्रेणीको लिग खेलेको अनुभव छ । भर्खरै सकिएको आइ लिगमा मोहम्मेडनको जर्सीमा आठ खेल खेल्दा मान्जीले छ गोल गरेका थिए । २०१८-१९ मा चेन्नाई सिटी एफसीका लागि खेल्दा मान्जीले १८ खेलमा २१ गोल गरेका थिए ।
बिराटनगरले अनुबन्ध गर्ने अन्य विदेशी खेलाडीमा अडेलेजा सोमिडे र उलरिच सिवे रहेका छन् । दुबै खेलाडीसँग नेपालमा खेलेको अनुभव छ । मिडफिल्डर र फरवार्ड बनेर खेल्न सक्ने नाइजेरियाका सोमिडे पछिल्लो पटक मछिन्द्र क्लबसँग आबद्व थिए । उनीसँग भारतका इस्ट बंगाल, चेन्नाई सिटी, गोकुलम एफसी लगायतका क्लबका लागि खेलेको अनुभव रहेको छ । उता क्यामरुनका सिवेले हिमालयन शेर्पाक्लबबाट खेलेका थिए ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया