आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

थप २८ जनामा कोभिड पुष्टि

काठमाडौँ- नेपालमा थप २८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ६२ पिसिआर परीक्षणका क्रममा २० जना र २ हजार ५२ एन्टिजेन परीक्षणमा ८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय १० जना निको भएका छन् । हाल नेपालमा १ सय २० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।