बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते

बैतडी- बैतडीको पज्यूनयाँमा सोमबार जीप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडी धनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु नभएको र जीप दिउँसो ३ बजेतिर दुर्घटना भएको उनले बताए ।
घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सञ्जय धामीले बताए । जीप पज्यूनयाँ बजारबाट गोकुलेश्वर तर्फ गइरहेको उनले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया