सूचना र प्रविधिको दुरूपयोग गर्ने १३ जना पक्राउ

काठमाडौँ - सूचना र प्रविधिको दुरूपयोग गरी अमेरिकी र क्यानेडाली नागरिकलाई लक्षित गरी आइपी एड्रेस ह्याक भएकोजस्ता भ्रामक सन्देश पठाइ ठगी गर्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानमा उनीहरूले विदेशी नागरिकको बैंक विवरण समेत लिन सफल भएको पाइएको छ । विद्युतीय अपराधमा भारतीय नागरिकसहित १३ जना संलग्न रहेको पाइएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
यही असार ३ गते पक्राउ परेका उनीहरूलाई आज अदालतमा पेस गरी सात दिनको म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोले एक सूचना जारी गरी जनाएको छ ।
भारतीय नागरिकसहितको मिलेमतोमा काठमाडौँ महानगरपालिका-४ स्थित धुम्बाराहीमा अर्विट नेक्सेस प्रालि नामक संस्था खोलेर उनीहरूले अवैध गतिविधि गरेको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका सञ्चालक विजय श्रेष्ठ, भारतीय नागरिकहरू निसान खैरे र मनिष तिवारी तथा पाँच महिलासहित १३ जना रहेका प्रहरीले जनाएको छ । रासस

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया