काठमाडौँमा दुई जना हैजाका बिरामी भेटिए

काठमाडौँ - काठमाडौँमा दुई जनामा हैजा भेटिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा हैजा पुष्टि भएको जानकारी दिएको हो ।
उनीहरू शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका थिए । १८ र २३ वर्षका उनीहरू काठमाडौँ महानगरपालिका-२८ बागबजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य भएको मन्त्रालयले जनाएको छ ।
गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । हैजा सम्बन्धी कुनै लक्षण देखिए तुरून्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया