मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

मुरी फलाउन मानाे राेप्दै खोकनावासी (फोटो फिचर)

काठमाडौँ - असारको महिना सुरु भएसँगै देशभर धान रोपाईं सुरु भएको छ । मनसुनको आगमनसँगै कृषकहरु रोपाई गर्न चाँजोपाँजो मिलाउने गर्छन् । असार भन्ने बित्तिकै कृषकहरुलाई खेतमा कुलो लगाउने पानी हुल्ने र रोपाईंको चटारो हुन्छ ।

असारमा मानो रोपेर मंसिरमा मुरी फलाउने किसानहरू मानो रोप्नलाई हाल चटारोमा छन् ।  मुलुकको ६० प्रतिशत भन्दाबढी जनसंख्या कृषि क्षेत्रमा आबद्ध भए पनि उत्पादकत्व भने निकै कमजोर छ ।

सरकारले हरेक वर्ष कृषिलाई उच्च प्राथमिकतामा राखेर अनुदानलगायत अन्य नीति तथा कार्यक्रम अगाडि बढाएको छ । तर, कार्यान्वयनको पाटो निकै कमजोर हुँदा उत्पादकत्व बढ्न सकेको छैन । हेरौं राजधानीको खोकनामा कृषकहरूले गरेको रोपाईंका केही तस्वीरहरू :-