पूँजी बजार सुधारको माग गर्दै लगानीकर्ताहरूकाे प्रदर्शन

काठमाडौँ - पूँजी बजार सुधारको माग गर्दै आन्दोलनरत सेयर लगानीकर्ताहरूले आइतबार पनि प्रदर्शन गरेका छन् । पूँजी बजार सुधार संघर्ष समितिले आफूहरूले अघि सारेको माग तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले पूँजी बजारको सुधार र विकास रोक्न पाइँदैन, नेप्सेको पुनर्संरचना गर, धितोपत्र बोर्डलाई स्वयत्त बनाऔँ लगायतका नारा लगाएका थिए ।
पूँजी बजार सुधारको मागसहित लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइराला विगत ५ दिनदेखि आमरण अनसनमा छन् । अनसनमा बसेका कोइरालाको स्वास्थ्य अवस्था कमजोर बन्दा समेत सरकारको ध्यान नगएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया