करेन्ट लागेर एक मजदुरको मृत्यु

सिरहा- सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। गोलबजार नगरपालिका- ६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न आइतबार बिहान बाँस ठड्याउने क्रममा विद्युतको नांगाे तारमा ठोकिंदा करेन्ट लागेर गोलबजार नगरपालिका- १ का २६ वर्षीय गोपाल पूर्वेको मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्याए पनि मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया