गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी - गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।
आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा भोलिको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो । बजेट किताब आइनसकेकाले बैठक स्थगित गरिएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । रासस

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया