राइनास नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम तयार

लमजुङ - लमजुङको राइनास नगरपालिकाले चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।
राइनासमा कक्षा एकदेखि पाँचसम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र उक्त पुस्तकमा कक्षागत आधारमा विभिन्न विषयलाई समावेस गरिएको छ । चालू वर्षमा कक्षा ६ देखि आठसम्मको पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट सुरु गरिने नगरपालिकाले जनाएको छ ।
विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले राइनास नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णबहादुर अछामीले बताए । अछामीका अनुसार पाठ्यक्रममा पालिकाभित्रको ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजंगल, जडिबुटी, कृषि, जातिगत विविधता आदिलाई समेटिएको छ ।
हाल कक्षा एकदेखि पाँचसम्मको पाठ्यक्रम निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिँदै शिक्षा शाखा प्रमुख अच्छामीले यही शैक्षिक सत्रबाट पालिकाभित्रका पाँचवटा संस्थागत र ३६ वटा सामुदायिकसहित ४१ वटा विद्यालयमा अध्यापन सुरु गरिने बताए । स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा, शैक्षिक क्षेत्रमा योगदान पुर्याएका विशेष व्यक्ति एवं स्थानीय शिक्षकसहितको सात सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समिति गठन भएको थियो ।
पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीतिक संगठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागितामा सुझाव संकलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको छ ।
पाठ्यक्रममा स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवर्द्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिको बारेमा विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकालाई समृद्ध पालिका बनाउन पाठ्यक्रम निर्माणले पनि सहयोग पुग्ने अपेक्षा गरेको राईनासका नगर प्रमुख खड्गबहादुर गुरुङले बताए ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया