नासु तहका पूर्वकर्मचारीसँग ६ करोड २४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति

काठमाडौं - एक रा.प.अनंकित प्रथम श्रेणी अर्थात्, नासु सरहका पूर्व कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिब्रो टोक्ने अंकमा अकुत सम्पत्ति आर्जनको अभियोग लगाएको छ ।
आयोगले नायब सुब्बास्तरका स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्तभण्डारीविरुद्ध ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा शुक्रबार मुद्दा दायर गरेको हो ।
भण्डारी त्यति लामो सरकारी सेवामा बसेको पनि देखिँदैन । आयोगका अनुसार, भण्डारी २०७३ असोज २१ मा रा.प.अनं. प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनी २०७७ साउन १ मै स्वेच्छिक अवकाशमा गएका थिए ।
आयोगले सेवा प्रवेश गरेको दिनदेखि २०७८ पुस मसान्तसम्म उनको वैधानिक आय र उनीसँग भएको सम्पत्तिको स्रोत जाँच गरेको थियो । उक्त अवधिको जाँचमा ६ करोड २४ लाख रुपैयाँ भन्दा बढी रकमको स्रोत नखुलेपछि भ्रष्टाचारबाट आर्जित गरेको दाबी आयोगले लिएको हो ।
आयोगको हिसाब–किताबअनुसार, भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा २६ लाख ६१ हजार ६ सय ३६ आय आर्जन गरेको देखिन्छ । खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र बैंक मौज्दातसमेत ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ भेटिएको थियो ।
भण्डारीसँग भएको सम्पत्तिको वैधानिक स्रोत खुल्न नसकेको अंकलाई ‘भ्रष्टाचारबाटै आर्जित गरेको’ ठहर आयोगको छ । आयोगको ठहर छ, ‘निज भण्डारीसँग भएको ६,२४,०४,००६।४४ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निज भिमकान्त भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको छ ।’
आयोगले बिगो बमोजिम जरिवाना र सजाय माग गरेको आयोगको आयोगमा मागमा निजको सम्पत्तिबाट ६,०६,४१,८१३।९१ र अपुग बिगो निजकै एकल स्वामित्वको कम्पनीहरूको बैंक मौज्दातबाट १७,६२,१९२।५३ समेत जम्मा रु. ६,२४,०४,००६।४४ जफतको माग दाबी लिएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया