प्रहरी हुँ भन्दै पैसा माग्ने पारस र वीरेन्द्र पक्राउ

कैलाली : धनगढी उपमहानगरपालिका-८ का व्यापारीहरूलाई प्रहरी हुँ भन्दै पैसा माग गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र २५ वर्षीय पारस मल्ल रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । स्थानीय व्यापारीबाट पाँच हजार रुपैयाँ माग गरेको अवस्थामा नगद सहित उनीहरू पक्राउ परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया