खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धार
ताप्लेजुङ - गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजंघा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ ।
आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । पेट, अनुहार र टाउकोमा चोट लागेर सख्त घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका पोखरेलको आग्रहमा नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको थियो ।
घटनास्थलबाट अन्य शवसमेत निकालिएको र हेलिकप्टरमै राखेर शव परीक्षणका लागि सदरमुकाम फुङलिङमा पुर्याइएको थियो । घाइते अधिकारीकी आमा तुलसा र श्रीमती यसोदाको भने घटनास्थलमै निधन भएको थियो । रातको समयमा घरमाथिबाट झरेको पहिरोसँगै उछिट्टिएर सडकमा निस्किएका अधिकारी भागेर ज्यान जोगाउन सफल भएका थिए ।
घरमा तीन जना मात्रै बस्दै आएका थिए । परिवारका अन्य सदस्य भने झापास्थित घरमा बस्दै आएका छन् । यता पहिरोकै कारण यहाँका दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । रातभरको वर्षाका कारण कतिपयले छरछिमेकको घरमा रहेर रात कटाएका थिए ।
खेवाङसहित जिल्लाका विभिन्न ठाउँमा झरेको पहिरोले ठूलो क्षति पु¥याएको र क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया