इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण

बुटवल - प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण भएको छ ।
हेलकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए । करिब २० मिनेट हेलिकप्टर रोकिने क्रममा प्रधानमन्त्री देउवाले राजनैतिक भेटघाट गरेका थिए ।
उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवम् तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, नेपाली कांग्रेस सिद्धार्थ नगर सभापति कोशिस बहादुर खड्का, तरुण दलका जिल्ला अध्यक्ष सोम बहादुर गुरुङ, नगर अध्यक्ष दिपेन्द्र बुढाप्रीती, युवा नेता एवम् पूर्व जिल्ला सदस्य ओम कुमार श्रेष्ठ लगायतका नेताहरुले भेटघाट गरेका थिए ।
करिब २० मिनेटको भैरहवा बसाइपछि प्रधानमन्त्री देउवा धनगढी प्रस्थान गरेका छन् ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया