नेपालमा रेडमी नोट १० स्मार्टफोन सार्वजनिक

काठमाडौँ : शाओमीले रेडमी नोट श्रृंखलाको दशौँ जेनेरेसन नेपाली बजारमा सार्वजनिक गरेको छ । नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधाहरु सहित ब्रान्डले रेडमी नोट १० प्रस्तुत गरेको छ । रेडमी नोट १० एक ताजा ईभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्टहरु जस्तै ४८ एमपी क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरका साथ उपलब्ध छ जसले यसलाई १०/१० अङ्कको स्मार्टफोन बनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘देशमा पहिलो रेडमी नोटको सुरु भएदेखि नै नोट श्रृंखलाले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ जसमा हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फयाक्टो विकल्पको रुपमा परिणत भएका छन् । रेड मी नोट श्रृंखलाको हाम्रो १० औँ जेनेरेसनको लन्चका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक सुपरचाज्र्ड उपकरणलाई जोडेर परिवर्तन ल्याउँदैछौँ ।’
रेडमी नोट १० रेडमी नोट १० श्रृंखलाको एक स्मार्टफोन हो र यो अलराउन्ड च्याम्पियन हो । यो स्मार्टफोनले स्पेक्स र सुविधाहरुमा सन्तुलित र शक्तिशाली सयोजन प्रदान गर्दछं जसले प्रर्दशन अनुपातमा एक अमिल्दो मूल्य प्रदान गर्दछ । डिस्प्ले १८० हर्ज टच स्याम्पलिङ्ग रेटको साथ आउँछ जसले फोनको असाधरण प्रदर्शन क्षमताहरुलाई थप मजबुत बनाउने कम्पनीले जानकारी दिएको छ ।
रेडमी नोट १० सबै इभोल डिजाइनको साथ उपलब्ध छ । यसमा इमर्सिभ ध्वनि अनुभवका लागि हाई–रेस प्रमाणित स्टिरियो स्पिकरहरु र राम्रो अनि स्मुथ हेप्टिक्सको लागि जेड्–एक्सिस भाइब्रेसन मोटर पनि छ । उपकरणलाई आकस्मिक झर्नबाट जोगाउन उपकरण कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको छ ।
सुरक्षित अनलकको लागि उपकरणमा साइड-माउन्टेट फिङ्गरप्रिन्ट स्क्यानरको सुविधा छ जुन डबल-ट्याप जेश्चरहरु र एआई फेस अनलकका साथ संचालित हुन्छ । यसमा आईआर ब्लास्टर र ३.५ एम्एम् ज्याक पनि उपलब्ध छ । रेडमी नोट १०को ४ जीबी प्लस ६४ जीबीको मूल्य २१ हजार ९९९ रुपैयाँ छ । ४ जीबी प्लस १२८ जीबीको २२ हजार ९९९ रुपैयाँ छ । ६ जीबी प्लस १२८ जीबीको २४ हजार ९९९ रुपैयाँ छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया