अनिल र माधुरीको ‘तेजाब’को पनि रिमेक बन्दै

मुम्बई : बलिउडमा रिमेकको बाढी नै आएको छ । बलिउडमा रिलिज हुनेमध्ये २५ प्रतिशत फिल्म त रिमेक नै हुन थालेका छन् । यसमा अधिकांश हिस्सा तमिल, तेलगु, मलयालम आदि फिल्मको रहने गरेको छ ।
यही क्रममा अनिल कपुर र माधुरी दीक्षितको सुपरहिट चलचित्र ‘तेजाब’को पनि रिमेक बन्ने भएको छ । फिल्मको रिमेक अधिकार ‘कबीर सिंह’ निर्माता मुराद खेतानीले खरिद गरेका छन् ।
पछिल्लो समय साजिद नाडियालाले थुप्रै पुराना फिल्मको रिमेक अधिकार लिएका छन् । उनलाई पछयाउँदै मुराद खेतानीले पनि पुराना हिन्दी फिल्मको रिमेक अधिकार लिन थालेका छन् । यही क्रममा उनले ‘तेजाब’ को अधिकार लिएका हुन् । मुरादले यसअघि अमिताभ बच्चन अभिनीत ‘नमक हलाल’को पनि रिमेक अधिकार लिएका थिए ।
मुरादले तमिल फिल्म ‘थडम’को पनि रिमेक अधिकार खरिद गरेका थिए । ‘तेजाब’को रिमेकमा को रहने भन्ने चाहिँ सार्वजनिक भएको छैन । यो फिल्म अहिले स्क्रिप्टको चरणमा नै रहेको छ ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया