रुकुमपूर्वमा भेडी गोठाला पाटन उक्लिए

रुकुमपूर्व - रुकुमपूर्वमा भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकासँगै भूमे गाउँपालिकाको माथिल्लो क्षेत्र र सिस्ने गाउँपालिका–१ र २ का भेडी गोठाला भेडाको बथानसहित पाटन उक्लिएका हुन् ।
फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ पाटनतिर लगेपछि यहाँका गाउँ सुनसान बनेका छन् । वैशाखदेखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन् । जेठ अन्तिम सातासम्म लगभग सबै गोठाला भेडा, बाख्रा र गाईको बथानसहित पाटन उक्लिसक्ने पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका विकास पुनले बताए । बेँसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएका कारण उनीहररू आफूले पालेका वस्तुभाउसहित पाटन उक्लने गरेका हुन् ।
तकसेराका भेडी गोठाला जोडे बुढाका अनुसार वैशाखदेखि असोजसम्म पाटन गएका गोठाला गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन् । सुरक्षाका लागि उनीहरुका साथमा कुकुर रहने गर्छ । उनीहरु खाद्यान्नसहित त्यहाँ जाने गर्छन् । 'अहिले पाटन उक्लिएका सबै भेडी बथानसँगै दसैँमा बेसी झर्छन्', उनले भने ।
पुथाउत्तरगङ्गा गाउँपालिकाका कृषकले माथिल्लो क्षेत्र भिरकोटी, चौँरी, रेबाङ, नरसिङ, पुपाल, पूर्वाङ, रानीखर्क, देउरालीलगायत पाटनमा भेडाबाख्रा र गाईको बथानसँग ६ महिना बिताउने गरेको स्थानीय सुवा बुढामगरले बताए। पुथाउत्तरगङ्गाका अधिकांश कृषकले भेडा र गाई पालेका छन् । हिमाली क्षेत्र भएकाले यहाँ बाह्रै महिना एकै ठाउँमा बसेर भेडापालन गर्न भने सकिँदैन ।

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

उखु उत्पादक किसानलाई रु १ अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग

व्यवसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

तरबुजा बिक्री गरेर १२ लाख आम्दानी

मुस्ताङका किसानलाई कृषि उपकरण हस्तान्तरण

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

पश्चिम नवलपरासीमा रोपाइँ सुरु

प्रतिक्रिया